चौतारा ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले पार्टी नेता माधवकुमार नेपाललाई सर्वसम्मत ढङगले पार्टी अध्यक्षमा चयन गरेको छ ।
बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का अध्यक्षतामा आज बसेको बैठकले पूर्वप्रधानमन्त्री नेपाललाई अध्यक्षमा चयन गरेको हो ।
पार्टी अध्यक्ष ओलीले पार्टी अनुशासनको गम्भीर उल्लङ्घन गरेको ठहर गर्दै बैठकले पार्टी अन्तरिम विधानानुसार अनुशासनको कारबाही गरी उहाँलाई अध्यक्षको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।