काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समूहबाट बाहिरिएका ६ जना पूर्वमाओवादी नेताले मन्त्री पद पाएका छन् ।
पूर्वमाओवादीका प्रचण्ड निकट नेता टोपबहादुर रायमाझी, मणि थापा, गौरीशंकर चौधरी, प्रभु शाह र दावा तामाङले केपी ओली नेतृत्वको सरकारमा मन्त्री पद पाएका हुन् ।
रायमाझीलाई उर्जा, थापालाई खानेपानी, चौधरीलाई श्रम, शाहलाई शहरी विकास र तामाङलाई युवा मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, विमला विकले राज्यमन्त्री पाएकी छन् ।