प्रदिप ज्योति ।
देशलाई आफ्नो आमा सोच्छौँ
अनि आफुलाई प्यारो सन्तान,
उनिबाटै अधिकार लिन्छौं
अनि दायित्व भुल्छौँ।
म बोली बिहिन छु।
नारी भगवान हो भन्छौँ हामी
केही नारिहरुलाई पुज्छौ पनि,
बिडम्बना तर म निर्मला पन्त अनि
आफ्नै बाट डराइरहेको कोहि नारी देख्छु,
म निशब्द छु।
नेपाल कृषिप्रधान प्रधान देश हो
कृषिमा नै यो देशको भबिस्य पनि खोज्छौँ ,
अन्न जिबनको उपज लिग्छौँ
किसानलाई भगवान पनि सोच्छौँ, तर
जब माइतीघर अगाडी रुदैँ गरेको किसान देख्छु,
म बोली बिहिन छु।
भ्रष्टाचार गर्नु सबभन्दा ठुलो अपराध भन्छौं
अनि एउटा महापुरुसको युक्ती पनि मनन् गर्छौं,
घुस लिन्या र दिन्या दुबै देशको शत्रु हुन्
तर जब सत्तरी करोड, वाइडबडी, सुनकान्ड सुन्छु,
म निशब्द छु।
मानिसमा स्वार्थ हुनु हुँदैन
स्वार्थनै आफ्नो कमजोरीको रुपमा लिग्छौँ।
तर आफ्नो आमाको छात्तिमा कुल्चेर,
आफ्नो स्वार्थ पूरा गर्न खोज्ने राजनितीज्ञ देख्छु,
म बोलि बिहिन छु।
सेवा गर्नुनै ठुलो धर्म हो
अनि सकेको सहयोग गर्दानै पुन्य मिल्छ।
अनि सम्झन्छु कोहि देशको लागि पनि
आफू नभनी योगदान दिने हस्तिहरु,
म निशब्द छु।
जब म,
प्रेम सम्झन्छु
देश सम्झन्छु
सदाचार सम्झन्छु
इमानदारीता सम्झन्छु
धर्म सम्झन्छु
प्रेरणा सम्झन्छु
योगदान सम्झन्छु
इत्यादि सम्झन्छु।
म सबै सबै कुरामा बोली बिहिन छु।
फेरि किन बोली बिहिन छस् भन्ने प्रश्न आउँछ भने
माफ गर्नुहओस् , म त्यो प्रश्नमा पनि निशब्द छु।