चौतारा, माघ २३ ।
आज एका बिहानै सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन भएको छ ।
चौताराको सहिदगेटमा गरिएको पुत्ला दहन कार्यक्रमको नेतृत्व अनेरास्ववियूले गरेको थियो भने पुत्ला दहन कार्यक्रममा नेपाल कम्युुुनिष्ट पार्टीी (नेकपा)का जिल्ला अध्यक्ष झम्क नेपाल लगाएतका जिल्ला नेताहरुको उपस्थिति रहेको थियो ।
शंख फुकेर पुत्ला दहन गर्दै बिध्यार्थीहरुले सरकारले गरेको संवैधानिक अंगमा गरेको असंवैधानिक नियुक्ति खारेज गर, प्रतिनिधिसभा बिगटन मुर्दाबाद जस्ता नाराबाजी समेत गरेका थिए ।
गत पुष ५ गते प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा बिघटनको बिरुद्ध नेकपाका प्रचण्ड नेपाल समुहका नेता कार्यकर्ताले बिभिन्न बिरोधका कार्यक्रम गर्दै आइरहेका छन् ।
सो समुहले बिहिवार मात्रै देशभर आमहडताल गरेको थियो ।