मेलम्ची ।
मेलम्ची नगरपालिकाले आफ्नै भवनबाट आफ्नो सेवा शुरु गरेको छ । शुक्रबार पुर्ब कानुन मन्त्री एवम प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद शेरबहादुर तामाङले उद्घाटन गर्दै नगरपालिकाको मुख्य प्रसासनिक भबन बाट नगरपालिकाको काम शुरु भएको हो ।
७७ साल बैशाख बाटै नगरपालिकाको आफ्नै भबन बाट सेवा सुरु गर्ने लक्ष्य भएपनी भबन कोरोना भाइरस कोभिड १९को कारणले गर्दा केही ढिला भएको नगर प्रमुख डम्बर अर्यालले बताउनुभएको छ ।
कुल ६ करोड ६लाख ३९ हजार ३ सय ६४ रुपियाँमा निर्माण सम्पन्न भएको ४ तलाको रहेको छ ।