चौतारा ।
भोलि (शुक्रबार) चौतारा सहित जिल्लाका ३ क्षेत्रमा ८ घण्टा बत्ती जाने भएको छ ।
सव स्टेशनबाट विद्युत आपूर्ति हुने चौतारा, खाडिचौर, लामोसाँघु, बाह्रबिसे, टेकानपुर र पाखरलगायत क्षेत्रमा बिहान ९ देखि ५ बजेसम्म विद्युत अवरुद्ध हुने सिन्धुपाल्चोक वितरण केन्द्र लामोसाँघुले जनाएको छ।
सुनकोसी जलविद्युत केन्द्रले ६ MVA पावर ट्रान्सफरमरको ११ केभी पावर केबुलमा भ्याकुम सर्किट ब्रेकर जडान र सोही केवलको हेड मार्फत मर्मत सम्भार गर्नुपर्ने भएकोले ट्रान्सफरमर बन्द गर्नपर्ने हुँदा सो क्षेत्रमा बत्ति जाने वितरण केन्द्र लामोसाँघुले एक सुचना जारी गर्दै जानकारी दिएको छ ।