मेलम्ची, फागुन ६ ।
करेन्ट लागेर पाँचपोखरी थाङपाल गाँउपालिकाका एक जना युवाको मृत्यु भएको छ ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ३ मा बत्ति बनाउने क्रममा सोहि पालिकाका वडा नम्बर ६ का २८ बर्षिय सुर्यनारायण गिरिको मृत्यु भएको वडा अध्यक्ष ङिमा छिरिङ तामाङले जानकारी दिए ।
विगत ३ दिन देखि बत्ति विग्रेको र मर्मत गर्ने क्रममा हाँडि खोला वित्तिय समुदाय सहकारी सँस्थाबाट सञ्चालित ११ हजार किलो वाडको मिनि हाइड्रोका कर्मचारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिए ।
उक्त शवलाई पोष्टमाटम रिपोर्टका लागि मेलम्ची ल्याउने तयारी भइरहेको तामाङले जानकारी दिए ।